पाकिस्तानमा हिमपातमा परेर २१ जनाको मृ’त्यु, एक प्रहरीले श्रीमती र ६ छोराछोरी गुमाए

काठमाडौं २५ पुस, । उत्तरी पाकिस्तानमा हिमपातमा परेर कम्तिमा २१ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी छन् । साथै अर्को एकै परिवारका पाँच सदस्यको पनि सोही हिमपातमा मृ’त्यु भएको स्थानीय आकस्मिक सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको हो।

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा यो घटना भएको थियो । त्यहाँ हरेक वर्ष हिउँदयाममा पर्यटकहरु हिमपातको मजा लिन जाने गर्दछन् ।

शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक पनि बन्द भयो । पर्यटकहरु बीचबाटोमै अलपत्र परे । कतिपय सवारी साधन हिउँमै पुरिएका छन् । धेरै जनाको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको हो ।

भारी हिमपातका निम्तिएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको जनाइएको छ ।

गृहमन्त्री शेख रसिदले १५र२० वर्षयताकै धेरै संख्यामा पर्यटकहरु हिउँमा खेल्न भनेर मुरी क्षेत्रमा पुगेका थिए । बाटोमा पर्यटकहरु चढेका करिब १ हजार सवारी साधनहरु अलपत्र परेको जनाइएको छ ।

pakistan himpat

त्यसैले ठूलो आपत आइपरेको उहाँको भनाइ छ । उहाँका अनुसार रावलपिण्डी र इस्लामावाद प्रशासनको टोली तथा सेनाका पाँच प्लाटुनलाई उद्धार कार्यमा परिचालन गरिएको छ ।

आज साँझसम्ममा हिउँमा फसेका गाडीहरुलाई निकाल्न सकिने सरकारी अधिकारीहरुको भनाइ रहेको छ ।

पन्जाब सरकारले हिल स्टेशनका सबै बाटाहरु बन्द गरेको छ । आपत्कालीन सेवामा खटिएकाहरुलाई बाहेक अन्यलाई त्यहाँ आउ–जाउ गर्न समेत प्रतिबन्ध लगाइएको छ । खाना र कम्बल लगेर उद्धा’रमा जानेहरुलाई मात्र अनुमति दिइएको छ ।

Snowfall at Muree Pakistan

पाकिस्तानको मौसम विभागले जनवरी ६ तारिखदेखि ९ तारिखको बीचमा मुरी र गलियत क्षेत्रमा भारी हिमपात हुने भविष्यवाणी पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक