स्याङ्जा तनहुँ एकता समाजको पाँचौँ अधिवेशन सम्पन्न

ढोरफिर्दी २५, पुस । स्याङ्जा तनहुँ एकता समाजको ११ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिका ८ ढोरफिर्दी स्थित हिमालीटोलमा सम्पन्न भएको अधिवेशनले पाँच सदस्य पछि थप गर्ने गरि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिका अध्यक्षमा क्या. दिपक खड्का, उपाध्यक्षमा राम लम्साल, कोषाध्यक्ष सावित्रा कोइराला, सचिवमा शिव रेग्मीलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा अमित कोईराला, सुरज पौडेल, दिपा आले, शालिकराम अधिकारी, ईश्वर थापा लगायतलाई चयन गरिएको सचिव रेग्मीले जानकारी दिए ।

स्याङ्जा मुल थलो भई तनहुँमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्नेहरुलाई एकत्रित गर्न गठन गरिएको समाजको साधारण सभामा प्रादेशिक गण्डकी विश्व विद्यालयका कुलपति गणेशमान गुरुङ्ग उपस्थित भएका थिए । उनले स्याङ्जा मुल थलो भएकाहरुको एकताले सम्मुनत समाज बन्ने विस्वास ब्यक्त गरे ।

269768944 934105137220777 8900867195334058917 n

कार्यक्रममा बोल्दै कुलपति गुरुङले गण्डकी विश्व विद्यालयलाई तनहुँमा समेत विस्तार गरि यस क्षेत्रको शैक्षिक विकासमा भूमिका खेल्ने बताए । साधारण सभाका अवशरमा संस्था पूर्व अध्यक्ष हरिप्रसाद वाग्ले र निवर्तमान अध्यक्ष पर्शुराम भण्डारीलाई योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक