आगामि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

विद्यालय

काठमाडौं २५ पुस, । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार आज बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेकोकोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले यो निर्णय गरेको उहाँको भनाइ रहेको छ । बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक