स्याङ्जामा गोली लागेर एक युवकको मृ’त्यु, ६ जना पक्राउ

स्याङ्ज २५ पुस, । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृ’त्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको थियो ।

भरुवा बन्दुकको छर्रा लागेर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको हो । कालिज मार्ने क्रममा विकलाई गोलीको छर्रा लागेर मृ’त्यु हुँदा सँगै रहेका फरार ६ जना युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय स्याङजाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । डिएसपी अधिकारीकाअनुसार पक्राउ पर्नेमा आँधीखोला–०१ बस्ने बर्ष २७ को सूर्य भन्ने भीमबहादुर सुनार, सोही ठाउँकै १८ वर्षीय सुनिल विक, २४ वर्षको दिनेश भन्ने रेवत पौडेल र बर्ष ३७ को धन बहादुर विकलाई पक्राउ गरिएको जनाइएको छ ।

त्यस्तै सोही ठाउँका बर्ष २४ को गोविन्द अधिकारी र २८ वर्षीय साजन कामीलाई रूपन्देही जिल्लाको बुटवल बसपार्कबाट पक्राउ गरिएको छ । पक्राउ परेकालाई ज्यान सम्बन्धी कसुर कर्तव्य ज्यान मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक