भारतमा एकैदिन १ लाख ८० हजारमा कोरोना संक्रमण

Corona Delhi

काठमाडौं २६ पुस, । छिमेकी मुलुक भारतमा दैनिक कोरोना संक्रमितको संख्या एक लाख ८० हजार को नजिक पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड१९ का एक लाख ७९ हजार ७२३ नयाँ संक्रमित थपिएको जनाएको छ । पछिल्लो २४ घण्टामा १ सय ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितसँगै हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६ सय १९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर पोजिटिभिटी रेट १३.२९ प्रतिशत रहेको भारतीय सँचार माध्यमले जनाएका छन् ।

भारतमा कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमित मध्ये हालसम्म महाराष्ट्रमा सबैभन्दा धेरै छन् ।

केन्द्रीय मन्त्रालयका अनुसार महाराष्ट्रमा सोमबार सम्म ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ हजार २ ुय १६ पुगेको छ । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनका संक्रमितको संख्या ५ सय २९ पुगेको छ । त्यस्तै, हालसम्म दिल्लीमा ५ सय १३ र कर्नाटकमा ४ सय ४१ जना यो भेरियन्टबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक