एमाले जिल्ला अधिवेशनमा दुई गैह्र भौगोलिक र ३९ भौगोलिक जिल्लामा नेतृत्व चयन

UML-Party-Office

काठमाण्डौ २६ पुस, । नेकपा एमालेको जारी जिल्ला अधवेशन अन्तर्गत ३९ वटा जिल्ला र दुई गैह्र भौगोलिक जिल्लामा नेतृत्व चयन भएको जनाइएको छ ।

शुक्रवार एक साथ ६३ वटा जिल्लामा जिल्ला अधिवेशनको उद्घाटन गरेकोमा अहिलेसम्म दुई गैह्र भौगोलिकतर्फ मजदुर विशेष र पेसागत विशेष तथा गैह्र भौगोलिक तर्फ ३९ वटा जिल्लाको नेतृत्व चयन भएको नेकपा एमालेले जनाएको हो ।

अब बाँकी जिल्लामा नेतृत्व चयनको प्रक्रिया चलिरहेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । सिरहामा पनि हिजोदेखि जिल्ला अधिवेशन सुरु भएपछि जिल्ला अधिवेशन सुरु भएका जिल्ला ६४ वटा पुगेको छ ।

यस्तै आज सोमबार अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले संखुवासभाको जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । एमाले प्रदेश अधिवेशन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक