सोमवार सुनचाँदीको मूल्य घट्यो

Gold -सुनचाँदी

काठमाण्डौ २६ पुस, । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजाबी सुन तोलामा ९० हजार ८ सय कारोबार भएको छ ।

यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा सुन तोलामा ३०० रुपैयाँले घटेको हो । यस्तै चाँदीको मूल्य पनि तोलामा रु ५ ले घटेको छ । आइतबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर तोलामा १२ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक