पृथ्वीजयन्तीका अवसरमा आज स्याङ्जाका सात वटा पालिकाले दिए सार्वजनिक बिदा

Prithvi_Narayan_Shah

स्याङ्जा २७ पुस, । पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका सात वटा पालिकाले मङ्गलवार आज सार्वजनिक बिदा दिएका छन् ।

स्याङ्जाका वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र आँधीखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै पालिकाहरु भित्रका सरकारी कार्यालयहरु तथा सङ्घसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको उनीहरुले सार्वजनिक सूचना निकालेर जानकारी समेत गराएका हुन् ।

यसअघि विश्व हिन्दु युवासङ्घ स्याङ्जाले गएको शुक्रवार पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवस मनाउनका लागि सार्वजनिक बिदा दिन माग गरेको थियो । सङ्घले प्रशासन र ११ वटै पालिकामा ज्ञापनपत्र बुझाएको अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक