सपना एउटा अनी पढाई अर्को : सागारिका श्रेष्ठ

टेलिभिजन प्रस्तोता तथा मोडल सागारिका श्रेष्ठको सनै देखी मिडियामा लगाब थियो । बीबीसी र सिएनएनका समाचार सुनेर हुर्किएकी सागारिकाको लागि फक्स न्युजकी किरण क्षेत्री र बीबीसीकी सुम्निमा उदास रोल मोडल हुन ।

बुवाको चाहना अनुसार उनले एस.एल.सी. पछी मेकानिकल इन्जिनियरिङ पढ्न थालिन् । तर, आफ्नो सपना मिडिया क्षेत्र भएकोले उनको पढाईमा त्यत्ती साह्रै मन लगेन । त्यसपछी उनी स्नातक तहमा बैंकिङ एन्ड इन्स्योरेन्स बिषय लिएर पढ्न थालिन ।

कलेजमा हुने बिभिन्न कार्यक्रम सन्चालन गर्न पनि सुरु गरिन । त्यसरी नै समय बित्दै जाँदा उनी भिजेका रूपमा कान्तिपुर टेलिभिजन प्रवेश गरिन् । अहिलेसम्म करिब दुई सय इभेन्टमा होस्ट गरिसकेकी सुगारिका कान्तिपुर टिभी र रेडियो कान्तिपुरमा समेत कार्यरत छिन् । उनले केही विज्ञापन र म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन् ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक