भोलि बुधवारदेखि देशभरको मौसम बिस्तारै खुल्दै जाने

मौसम

काठमाण्डौ २७ पुस, । आज देशभरको मौसम आंशिक बद्ली रहेको छ ।

आज सुदूरपश्चिम प्रदेश र प्रदेश १ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

पश्चिमी वायुको प्रभावले आज कतैकतै हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना समेत रहेको छ ।

भोलि पनि प्रदेश(१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपात हुने जनाएको छ ।

देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएको हो । हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन् । धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक