कमल थापा पार्टीको कार्यक्रम बहिस्कार गरेपछी

kamal thapa

काठमाण्डौ २७ पुस,  राप्रपा पूर्वअध्यक्ष कमल थापाले पृथ्वी जयन्तीका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रम वहिस्कार गर्नुहुने भउको छ । राप्रपाले पृथ्वीजयन्तकी अवसरमा मंगलबार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गरेकामा थापाले सो कार्यक्रम बहिस्कार गर्ने जनाइउको हो ।

थापा निकट नेता राजाराम बर्तौलाले आफूहरुको माग सम्बोधन नभएकाले कमल थापा कार्यक्रममा सहभागी नहुने बताउनुभयो । थापाले पार्टी महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । तर,सो मागको सुनुवाइ अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छैनन् ।

थापाले निरंकुश र सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताउँदै हिन्दुराष्ट्रको पक्षमा पृथ्वीजयत्नीकै दिनदेखि देशव्यापी रुपमा राष्ट्रिय एकता अभियानको थालनी गर्ने योजना बनाउनुभउको थियो । कोरोनाको कारण देखाउँदै यो अभियान तत्काललाई स्थगित गरिएको छ ।
यसैबीच थापा पार्टीको कार्यक्रममा सहभागी नहुने भएपनि आजै बिहान सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

लिङ्देन नेतृत्वको राप्रपाले भने भृकुटीमण्डपबाट र्‍यालीसहित साढे १२ बजे पृथ्वीनारायणको शालिकमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक