एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा निकट का मनबहादुर विजयी

पोखरा २८ पुस, । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निवर्तमान कार्यवाहक अध्यक्षसमेत रहेका गुरुङले ४५६ मत ल्याएर विजयी हुनुभउको छ । उहाँका प्रतिस्पर्धी दामोदर बैरागीले ४०७ मत पाृनुभएको थियो ।

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि गुरुङ र बैरागीले आ–आफ्नो प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा विजयी भएका नेता गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको जनाइएकाो छ ।

त्यसैगरी पराजित भएका नेता बैरागीलाई भने संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन थियो । उपाध्यक्षमा पनि पृथ्वीसुब्बा प्यानलका तेजनारायण अधिकारी ४२१ मत ल्याएर विजयी हुनुभएको छ । उनका प्रतिस्पर्धी बैरागी प्यानलका प्रभा कोइरालाले ४१३ मत ल्यायाउनुभएको हो ।

त्यसैगरी सचिवमा बैरागी प्यानलका बैनबहादुर क्षेत्रीले ४७५ मत ल्याएर विजयी भएका छन् भने प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३ सय ६४ मत ल्याएका छन् । उपसचिवमा पनि बैरागी प्यानलका दर्शन लामाले ५४० र नवराज ओझाले ४४३ मत पाएर विजयी भएका हुन् । एमाले जिल्ला अधिवेशनमा ९१९ जना प्रतिनिधिमध्ये ८९५ जनाले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक