नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाण्डौ २८ पुस, । उत्तर कोरियाले नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ ।

नेता किम जोङ उनको रेखदेखमा हाइपरसोनिक क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाको समाचार संस्था केसीएनएले जनाएको छ । सन् २०२० को मार्च महिनायता क्षेप्यास्त्र प्रक्षेपण हुँदा नेता किम उपस्थिति भएको यो पहिलो पटक हो । हिजो मागलबार परीक्षण गरेको क्षेप्यास्त्रबारे यसअघि विस्तृत विवरण आएको थिएन । नयाँ हाइपरसोनिक क्षेप्यास्त्र एक हजार किलोमिटर परको निसानामै पुगेको खबरमा उल्लेख गरिएको छ ।

नयाँ वर्षको अवसरमा नेता किमले प्योङयाङको प्रतिरक्षालाई बढाउने बताउनुभएको थियो । त्यसपछि दुईवटा क्षेप्यास्त्र परीक्षण भएका छन् । उत्तर कोरियाले यसअघि जनवरी ५ तारिखमा हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण सफलतापूर्वक गरेको थियो । अमेरिका, बेलायत, जापान, फ्रान्सलगायत देशले त्यसको निन्दा समेत गरेका थिए ।

हाइपरसोनिक अस्त्रको गति ध्वनिकोभन्दा पाँच गुणा बढी अर्थात् प्रतिघण्टा ६ हजार २०० किलोमिटर हुन सक्छ । हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्नसक्ने थोरै देशमा उत्तर कोरिया पर्छ । अमेरिका र चीनले पनि यो क्षेप्यास्त्र पनि विकास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक