अन्तरघातलाई प्रश्रय दिनु नहुँने काङ्ग्रेस वरिष्ठ नेता पौडेलको दावि

दमौली २९ पुस, । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा अन्तरघातलाई प्रश्रय दिन नहुने बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नं १ को आज डुम्रेमा आयोजित पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व आइसकेकाले अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

“पार्टीको अधिवेशन सकिएको छ, हिजो जे जसरी चुनाव लडे पनि त्यो आन्तरिक चुनाव थियो, चुनावलाई लिएर अन्तरघातलाई प्रश्रय दिनुहुँदैन”, उहाँले भन्नुभयो “कांग्रेस एकढिक्का भएर आगामी आम निर्वाचनमा जानुपर्छ ।” वरिष्ठ नेता पौडेलले विगतका तीतामीठा अनुभवलाई बिर्सिएर प्रतिपक्षसँग एकजुट भएर लड्नुपर्ने विकल्प नभएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले आफू कहिल्यै पनि पदका लागि आन्दोलन नगरेको उल्लेख गर्दै भन्नुभयो “केपी ओलीविरुद्धको आन्दोलनको नेतृत्व गर्दै गर्दा मलाई प्रचण्डले राष्ट्रपति दिने भयो भनेर पनि अफवाह फैलाए, म पदका लागि आन्दोलन गर्ने मान्छे होइन ।” वरिष्ठ नेता पौडेलले जीवन रहेसम्म जनताको सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई लगायतले कांग्रेस एकढिक्का हुनुको विकल्प नभएको बताउनुभयो । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति श्याम मौरातीले पदस्थापन गर्नुभउको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक