शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष पनि विधिमात्र पूरा गरिने

Madhab_Narayan

काठमाण्डौ २९ पुस, । काठमाण्डौको साँखु शालीनदीमा परम्परादेखि चल्दै आएको माधवनारायण स्वस्तानी व्रत यसवर्ष विधिमात्र पूरा गरिने भएको जनाइएको छ ।

कोरोनाको सङ्क्रमण जोखिम र सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पालना गरी माधवनारायण व्रतको नित्य पूजा एवम् धार्मिक विधि मात्र पूरा गरिने माधवनारायण व्रत तथा शालीनदी सुधार समितिले जनाएको हो ।

एक महिना लामो व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवम् ठाउँ व्यवस्थापन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । व्रतालुलाई साँखुबाट बाहिर पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था पनि गरिएको छ ।

आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्था समेत समितिले नै गर्ने भएको हो । यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक