फिल्म चपली हाइट ३’को बुकिङ खुल्ला

काठमाडौं २९ पुस, । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको प्रतीक्षित चलचित्र ‘चपली हाइट ३’को बुकिङ खुल्ला गरिएको जनाइएको छ । देशभरका सबै मल्टिप्लेक्सले बुधबारबाट नै चलचित्रको बुकिङ खुल्ला गरेका हुन् ।

दुई सातादेखि हलमा कुनै पनि नेपाली चलचित्र रिलिज नभएका कारण यो चलचित्रमाथि धेरैको यतिवेला चासो रहेको छ । कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले यसपछि अर्को चलचित्र रिलिज हुने नहुने टुंगो छैन । माघ १९ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्ष कोरोनाको प्रभाव हेरेर चलचित्र रिलिज गर्ने वा नगर्ने सोचमा देखिन्छ । जसका कारण यो चलचित्रको प्रचार शुरु भएको छैन ।

‘चपली हाइट ३’लाई देशभरका मल्टिप्लेक्सले पनि सुखद शो दिएका छन् । देशकै ठूलो क्यूएफएक्स चेनले यो चलचित्रलाई २६ शो उपलब्ध गराएको जनाइएको छ । बिग मुभिज, वान सिनेमाज, वीएसआर, एफक्युबमा पनि चलचित्रले सुखद् शो पाएको छ ।

निकेश खड्काको निर्देशन रहेको यो चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्रको अघिल्ला दुई सिरिज भने बक्स अफिसमा सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक