ए मेरो हजुर ४ को टिजरमा अनमोल र सुहानाको प्रेमदेखि विछोडको कथा देखियो

anmol-kc-and-suhana

काठमाडौं ३० पुस, । ब्लकबस्टर सिरिज ‘ए मेरो हजुर’को चौथो श्रृङ्खलाको प्रदर्शन मिति तय गरिएकोे छ । चलचित्रकोे प्रदर्शन मितिसँगै टिजर सार्वजनिक गरिएको हो । यो चलचित्रको टिजरमा नायक अनमोल केसी र नायिका सुहाना थापालाई मात्र देख्न सकिन्छ । चलचित्रको टिजरमा यी दुइकोे रोेमान्स र विछोेडको कथा रहेको छ ।

आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई शक्तिशाली बनाएकोे छ । यो चलचित्र आउँदोे बर्षकोे बैशाख १ गते रिलिज हुने भएकोे छ । सुनिलकुमार थापाको निर्माणमा तयार भएको चलचित्रमा झरना थापाकोे निर्देशन रहेको छ ।

यसअघि चैत्र २५ लाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई अब एक साता पोष्टपोन्ड गर्दै वैशाख १ गते पुर्याइएकोे छ । नयाँ बर्षको दिनबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा बम्पर कमाई गर्ने अपेक्षा गर्न पनि सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक