तनहुँमा जिप भीरमा खस्दा ४ को मृ’त्यु, ८ जना घाइते

दुर्घटना

तनहुँ १ माघ , । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृ’त्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जिपमा १२ जना चढेका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उहाँले बताउनुभयो । मृ’त्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जिप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक