सुरक्षाटोली र तस्कर समूहबीच दोहरो गोली हानाहान

गोली प्रहार

रौतहट, २४ चैत । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको अवधिमा रौतहटस्थित राष्ट्यि तथा बिभिन्न सामुदायिक वनक्षेत्रमा चोरी तस्करी बढेको छ । सुरक्षाटोली र तस्कर समूहबीच रौतहटस्थित वनमा दोहरो गोली हानाहान भएको छ । गुजरा नगरपालिका २ स्थित अन्जुमन सामुदायिक वनक्षेत्र भित्र सुरक्षाटोली र तस्कर समुहबिच आइतवार साँझ दोहरो गोली हानाहान भएको हो ।

भीडन्तको क्रममा सुरक्षाटोलीले ३ राउण्ड र तस्करले २ राउण्ड गोली प्रहार गरेको सेक्टर वन कार्यालय चोँचाका अधिकृत राजेश कुमार साहले बताएका छन् । गोली हानाहानमा सुरक्षाटोली तर्फ कुनै क्षति भएको छैन भने तस्कर समूह भागेका छन् ।

अधिकृत साहले दिएको जानकारी अनुसार तस्करले छोडेर भागेको एकथना भरुवा वन्दुक गस्तीटोलीले बरामद गरिएको छ । अन्जुमन सामुदायिक वनक्षेत्र भित्र तस्कर समुहले आइतवार अपरान्ह एकराउण्ड गोली प्रहार गरेका थिए ।

गोलीको आवाज सुनेर अबैध चोरी सिकारी भएको आशंकामा चोँचा सेक्टर वन कार्यालयबाट खोज तलासमा गएको गस्तीटोलीसंग भेटिएको जिल्ला वन कार्यालय रौतहटका प्रमुख बिनोद कुमार सिंहले बताएका छन् ।

लकडाउनको अवधिमा वन सुरक्षा गस्तीटोलीले करिव एकसय क्युुवि फिट अबैध सालको काठ सहित तीनजना तस्करलाई नियन्त्रणमा लिएको डिविजन जिल्ला वन कार्यालय रौतहटले जनाएको छ ।

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक