मन्त्री ढकाल भन्छन,- ‘कोरोना भाइरस सम्पूर्ण मानव जातिका लागि दुश्मन हो’

भानुभक्त ढकाल

काठमाडौंम २६ चैत । कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

मन्त्री ढकालले मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्पे्रयर ग्रहण गर्दै कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए ।

विपद्को बेलामा सरकारसँग हामीसँगै छौँ भनेर दिएको सहयोगका निम्त धन्यवाद दिँदै मन्त्री ढकालले सबै मिलेर नै कोरोनालाई परास्त गर्न सकिने बताए ।

उनले यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बढाए ।

त्यस्तै स्पे्रयर हस्तन्तरण गर्दै थप सहायोगका निम्त तयार रहेको ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ्ग कम्पनि प्रालिका अध्यक्ष सौरभ ज्योतिले बताए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्