जनकपुर, २६ चैत । जनकपुरधाम उपमहानगरपालिकाद्वारा कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणका लागि टोल टोलमा भइरहेको सेनिटाइजेसनको स्थानीयले विरोध जनाएका छन ।
जनकपुरधाम १० का स्थानीयले सेनिटाइजेसनमा खटिएका कर्मचारीहरुले आँफु वा आफन्तको घर वारीपरी, निजी अस्पताल, क्लिनिक र घरमा मात्र औषधि छर्किने गरेको आरोप लगाउँदै देवी चोकबाट फर्काएका छन् ।
आवश्यक ठाउँमा वार्ड प्रतिनिधि वा स्थानीयको रोहबरमा औषधि नछर्केर मनपरी रुपमा मेयर र उपमहानगरपालिकाका कर्मचारीको सम्बन्धित व्यक्ति र निजी अस्पतालमा मात्रै छर्किने गरेको उनीहरुको आरोप छ ।
कोरोना भाइरसको महामारी फैलन नदिन उपमहानगरपालिकाले विभिन्न वडामा किटनाशक औषधि छर्कन थालेको हो ।