जापानमा संकटकाल पछिको पहिलो दिनमै ३०९ जना नयाँ कोरोना सङ्क्रमित भेटिए

कोरोना

जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् ।

योसँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या चार हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार संकटकालको घोषणा गरेका थिए । संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो ।

जापानमा अहिलेसम्म कुल सङ्क्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा एक हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् । त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

कुल विरामी मध्ये ८८ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्