बझाङ, २७ चैत । लकडाउनको समयमा छविस पाथिभेरा गाँउपालिकाको बान्नीमा चैतली मेला संचालन गरेको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा स्थानीय जनप्रतिनिधि, मन्दिरका पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी रहेको बताइएको छ ।
स्थानीय प्रशासनले अहिलको विषम परिस्थितिमा मेला सञ्चालन गर्नुपूर्व सचेत गराएको थियो । तर गत सोमबार सम्पन्न मेलामा हजारौंको सहभागिता थियो । चैतली मेला हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन लाग्ने गर्छ ।