सांसद आलेद्धारा आफ्नै खर्चबाट जिल्लामा स्वास्थ्य कार्यलयलाई स्वास्थ सामग्री सहयोग

काठमाडौं, २७ चैत । डोटी १ बाट निर्वाचित नेकपाका सांसद प्रेमबहादुर आलेले आफ्नै खर्चबाट जिल्लामा स्वास्थ्य कार्यलयलाई स्वास्थ सामग्री सहयोग गरेका छन । स्वास्थ्य सामग्रीको अभावमा कोरोना भाइरस परीक्षण गर्न समस्या भएकाले आलेले आफ्नै खर्चमा हेलिकोप्टरमार्फत जिल्लामा सामग्री पठाएको बताएका छन ।

सांसद आलेले जिल्लामा स्वास्थ्य सामग्री पुगेपछि कोरोना भाइरसको उपचार र परीक्षणमा सहज हुने विश्वास लिएका छन् । उनले २ सय वटा सेनिटाइजर, १ सय थान पीपीई सेट, गमबुट ३५ जाेडी, ग्लोब्स १२ सय प्रति, मास्क १२ सय वटा, साइरेक्स पाउडर ३० बोतल, हेड क्याप १ हजार थान, स्वाब परीक्षण गर्ने भीटीएम् ३ सय ५ थानलगातका अत्यावश्यक सामग्री पठाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई सांसद आलेले उपलव्ध गराएका सामग्री जिल्ला स्वास्थ्य अधिकृत रमेश मलासीले पाइसकेका छन् । जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकको स्वास्थ्य परीक्षण गर्न सहज हुने सांसद आलेले बताएका थिए ।

विशेषगरी भारतबाट आएका नागरिकमा स्वाव परीक्षण हुने र आवश्यकता अनुसार अन्यलाई पनि परीक्षण गरी उपचारमा सहज हुने उनको विश्वास छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट केही पहल गरेको सांसद आलेको भनाई रहेकाे छ ।

उनले संघका विभिन्न मन्त्रालयका साथै, प्रदेशका मन्त्रालय र स्थानीय तहसँग पनि समन्वय भइरहेको जनाएका छन । आलेले जिल्लाको विकासका लागि संघबाट धेरै योजनाहरु पनि पारिसकेका छन् । उनी आफू जनताको प्रतिनिधि भएकाले सबै समय जनता र देशको विकासमा खर्चने विश्वास दिलाउँछन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा पनि डोटीबाट निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्