गजल – कोरोना

किन भन्छन जो कोहिले कोरोनाको डर छ यहाँ
भिडमा नजाउँ मास्क लगाउँ बाच्छौ भन्ने भर छ यहाँ

स्यानिटाईजर, साबुन पानी प्रयोग गरौँ नियमित है
क्वारेन्टाइन मै बसौं न त खै कसरी सर्छ यहाँ

निराशाको भ्रममा पारी डुल्नेको नि कमिछैन
आँफू सचेत हुन सिकौं कसले के नै गर्छ यहाँ

नियमित रुपमा खोकि लागि ज्वरो बढ्ने लक्षण देखिए
डाक्टर कहाँ तुरुन्तै गै जचाँउनु पर्छ यहाँ

अंकमाल नै नगरेर नमस्कार गर्यौं भने
आँफू बचौं अरु बचाउँ अकालमै को मर्छ यहाँ

-नारायण जोशी
धनगढी, हाल -भारत

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्