ईटहरीमा नवजात शिशुको शव भेटियो

सुनसरी, २७ चैत । ईटहरीमा नवजात शिशुको शव फेला परेकाे ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको हाे ।

बुधवार उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशु मृत अवस्थामा रहेको भनी स्थानीयहरुले सूचना दिएसंगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्