खोटाङ, २७ चैत । खोटाङमा राहत लिन गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–९ का ३० बर्षीय बीरबहादुर राई ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ ।
मंगलवार दिउँसो पौने ४ बजे उनी राहतका लागि फारम भर्न नगरपालिका कार्यालय पुगेका थिए ।
प्रहरीका अनुसार नगरपालिका कार्यालय परिसरमा रोकेर राखिएको मोटरसाईकलमा चढेर बस्ने क्रममा मोटरसाईकल लडेर छातिमा थिच्दा राईको घटनास्थलमै मृत्यु भएको हो ।