अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न सुजाता कोइरालाको निर्देशन

काठमाडौं, २७ चैत । गिरिजाप्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन)की केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न अष्ट्रेलियास्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् ।

फाउण्डेशनको सचिवालयले बिहीबार प्रेस नोट जारी गरी कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोनाभाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीहरुलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको जनाएको छ ।

‘कोरोना फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन, कोरोनाकै कारण कसैलाई समस्या पर्‍यो भने जिपी कोइराला फाउण्डेशनको तर्फबाट सहयोग गर्नुहोला’ अध्यक्ष कोइरलाले फाउण्डेसनको सहयोगले नेपालीहरु कोही समस्यामा नपर्ने विश्वाससहित शाखालाई निर्देशन दिएको प्रेस नोटमा उल्लेख छ ।

फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको फाउण्डेशनले जनाएको छ ।

फाउण्डेशन ओशियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराएको जनाइएको छ । समस्यामा परेका नेपालीले सम्पर्क गर्नासाथ आफूहरु सहयोगका लागि तत्पर रहने जानकारी छत्कुली गराएको फाउण्डेशनले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्