पैसा पनि त्यत्ती शक्तीसाली रहेन अब : रीमा विश्वाकर्मा

केही वर्षयता घरमा फुर्सदसँग एकदिन पनि बस्न नपाएकी अभिनेत्री तथा उद्घोषिका रीमा विश्वकर्मा अहिले लकडाउनको कारणले घरमा परिवार सँगै रमाइरहेकी छन ।

अन्य वर्षको तुलनामा यो वर्ष उनको दौडधुप निकै भयो । वर्षको सुरुवाततिर फिल्म ‘मिस्टर नेपाली’ को छायांकनमा व्यस्त भइन् । त्यसलगत्तै उनले आफ्नै टिम (केकी अधिकारी र विशाल भण्डारी) को कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा होस्टको जिम्मेवारी निभाइन् ।

यो रियालिटी शोको फिनालेको मुखमा देशमा कोरोनाको त्रास फैलिसकेको थियो । शो सकिएपछि उनी वर्षभरीको तनाव भुल्न माल्दिभ्स पुगिन् ।

त्यहाँ उनी स्विमिङ पुलमा रमाएको तस्विरले केही दिन मिडियामा राम्रै स्थान पाए । कतिपयले भने उनको माल्दिभ्स यात्रालाई बेमौसमको रमाइलो भन्दै आलोचना गरे । किनकि, त्यसबेला देशमा कोरोनाको सन्त्रास फैलिएको थियो ।

सरकार लामो दूरीका हवाई उडान बन्द गर्ने तयारीमा रहेको सुइको पाएपछि रातारात नेपाल ओर्लिएकी रीमा त्यसयता भने घरभित्रै कैद छिन् । ‘लकडाउन’ को समयमा उनले फिल्म, सिरिज र पुस्तक पढेर दिन विताइरहेकी छन् । उनले सामाजिक सञ्जालको माध्यमबाट कोरोना सम्बन्धि सचेतना पनि फैलाइरहेकी छन् । यो समयमा सामाजिक दूरी कायम गर्न उनको अपिल छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्