कोरोना रोकथामका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्न सुझाव

काठमाडौं, चैत्र २८ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि राष्ट्रिय योजना आयोगले अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्न सुझाव दिएको छ ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एकीकृत आपतकालीन तथा अल्पकालीन प्रतिकार्य तथा व्यवस्थापन योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिएको हो । अहिले विकासभन्दा पनि मानव स्वास्थ्य प्राथमिकतामा राख्नुपर्ने आयोगको धारणा छ ।

सरकारी तथा गैरसरकारी सबै निकाय प्रतिबद्ध भएर कोरोना भाइरसको महामारी नियन्त्रण तथा सुधार योजनाको विषयगत रणनीति तथा कार्यक्रम तयार गर्नुपर्ने आयोगले बताएको छ । त्यसरी बन्ने कार्ययोजनामा आपत्कालीन तथा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति समावेश हुनुपर्ने प्रस्ताव गरिएको छ । निजी क्षेत्रलाई दिनुपर्ने आर्थिक प्रोत्साहनका कार्यक्रम तत्काल ल्याउन उसले सुझाव दिएको छ ।

यस्तै आयोगले विभिन्न क्षेत्रमा परेको प्रभावको विश्लेषण र क्षेत्रीय र अन्तर्राष्ट्रिय अवस्थाको मूल्यांकन गरी मानवीय, सामाजिक, आर्थिक क्षेत्रमा परेको असर न्यूनीकरण गर्न पनि सुझाव दिएको छ । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केकालाई कृषि क्षेत्रमा उपयोग गर्ने नीति अख्तियार गरी सो अनुसार कार्यक्रम तर्जुमा गर्न आयोगको सुझाव छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्