कैलाली, २८ चैत । लकडाउन उल्लंघन गरेको भन्दै एक सय पाँच जनालाई कैलाली प्रहरीले एक घण्टा सडकमा उभ्याएको छ ।
लकडाउनको १७ औं दिनमा कैलाली प्रहरीले गोदावरी नगरपालिकाको अत्तरिया चोक र धनगढीमा एक सय पाँच जनालाई बिना काम हिडिरहेको फेला पारेपछि सडकमा उभ्याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
दुरी कायम गर्दै सडक किनारमा एक घण्टा उभ्याएर लकडाउन बारे सम्झाइ बुझाइ गरेर एक पटकका लागि छाडिएको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।