बाजुरा, २८ चैत । बाजुराको गौमुल गाउँपालिका ४ मा श्रीमानले श्रीमतीको गोली हानी हत्या गरेका छन् । बुधबार राती ३३ वर्षीया सुन्तु रोकायालाई उनकै श्रीमान गोरख रोकायाले गोली हानी हत्या गरेका हुन् ।
भैंसी गोठमा भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको अवस्थामा रोकायाको शव फेला परेपछि बिहीबार बिहान मात्र माइती पक्षले प्रहरीलाई जानकारी दिएका दिएका थिए । मृतक सुन्तुको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।
रोकायाले के कारणले श्रीमतीमाथि गोली प्रहार गरि हत्या गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।