भीडभाड नगर्न अनुरोध गर्न गएका प्रहरीका असईमाथि हातपात

रौतहट, २८ चैत । लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एकजना नेपाल प्रहरीका असईमाथि रौतहटस्थित मस्जिदमा हातपात भएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीवार साँझ रौतहटको परोहा नगरपालिकाअन्तरगत तेजापाकड मस्जिदमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन गएका नेपाल प्रहरीका असई मुनमुन सिंहमाथि मुस्लिम युवाहरुले हात पात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

लकडाउनको अवधिमा गत राति ७ बजे मुस्लिम धर्मावलम्बीहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकैठाँउमा दुुईसय बढी भेला भएका थिए ।

विशेष सूचनाको आधारमा प्रहरीचौकी लौकाहाका असई मुनमुन सिंह मस्जिदमा गएर त्यसो नगर्न एकठाँउमा ठूलो संख्यामा मानिस जम्मा नहुन आग्रह गएका थिए । असई सिंहले लकडाउन उल्लंघन नगर्न भीडले कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने कुरो सम्झाई रहँदा केही युवाहरुले उनीमाथि हातपात गरेका थिए ।

असई सिंहमाथि हातपात गरेको अभियोगमा मस्जिद बाट प्रहरीले ३ जना युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा परोहा नपा–३ २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारी रहेको रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले बताएका छन् ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय गौर र आसपासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी ठूलो संख्यामा परिचालनपछि तेजापाकडको अवस्था साम्य भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका तिनैजना जिल्ला प्रहरी कार्यालय गौरको नियन्त्रणमा रहेको र घटनाको प्रकृयाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्