विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने दुई जना पक्राउ

काठमाडौँ २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिविरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ ऐसेलुखर्क घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका ५ का ४६ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले प्रधानमन्त्री ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरीको साइबर ब्यूरोको टोलीले दुवैलाई पक्राउ गरेको हो ।

बिहीबार पक्राउ परेका उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ र विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने विद्युतीय सञ्चारमाध्यममा प्रचलित कानूनअनुसार अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्