कोरोना भाइरसको परीक्षण विराटनगरबाट पनि शुरु

corona test

विराटनगर, २७ चैत । आजदेखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्ने जानकारी दिनुभयो । सो अस्पतालमा अब दैनिक करिव ९६ जनाको नमूना सङ्कलन गर्न सक्ने क्षमता भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ । परीक्षण आरम्भका लागि काठमाडौँस्थित वीर अस्पतालका जेनेटिक साइन्टिस्ट वलराम गौतम पनि यहाँ आउनुभएको छ ।

शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्