पोखर, २८ चैत । विश्वमा कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । नेपालमा पनि ९ जना संक्रमित र एक जना निको भएर घर फर्की सकेका छन ।
कोरोना भाईरसको जोखिम न्युनिकरण गर्नका निम्ती यतिबेला सरकारले देशभर नै लकडाउन गरेको छ । जसको कारण ब्यवसायहरु पनि ठप्प छन ।
यसैबिच, रुपाहिल दोहोरी साँझ पोखराका संचालकहरुले आफ्ना कर्मचारीहरुलाई अप्ठ्यारो नपरोस भन्नका निम्ती राहत स्वरुप दाल, चामल, नुन, चिनी लगायतका खाद्य सामाग्री बितरण गरेका छन । ४५ जनामध्य केही लकडाउन हुनु भन्दा पहिले नै गाउँ फर्किसकेको छन भने केही पोखरामा नै छन । पोखरामा नै रहेर लकडाउनको सिकार भएका केही कर्मचारीहरुलाई अप्ठ्यरो नपरोस भन्नका निम्ती रहात सामाग्री लिएर सम्पूर्ण संचालकहरुको प्रतिनिधित्व गर्दै अमृत लामा कर्मचारीको घर-घरमा पुगेर बितरण गरेका हुन ।
अमृत लामा, सुबाश गुरुङ, उत्तम गुरुङ, गंगा गुरुङ, प्रीती आले, ठागु गुरुङ, सुरज थापा मगर, मनोज कुमार बर्देवा द्धारा सन्चालित रुपाहिल दोहोरी साँझ कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै चैत्र ६ गतेबाट संक्रमण समाप्त नभए सम्मका लागि बन्द गरिएको छ ।