२०७६ चैत २९ शनिवारको राशिफल

राशिफल - rasifal

२०७६ चैत २९ शनिवार
Apr 11, 2020
चतुर्थी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। र्इर्ष्या गर्नेहरूले हार खानेछन् ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। व्यवहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बेसुरमा बोल्ने बानीले बित्थैमा दुःख पाइनेछ। आफन्तसँग असमझदारी बढ्नेछ भने घरेलु समस्याले निराश तुल्याउन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। अग्रजहरूको सहयोगले प्रतिष्ठित काम सम्पादन हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। काम बन्नाले मनग्गे धन आर्जन हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। कमजोरीमाथि टिप्पणी हुने समय भएकाले गोपनीयतामा ध्यान दिनुहोला। आलोचकहरू सक्रिय हुने समय छ, बोली-व्यवहारमा सजग रहनुपर्ला। मिहिनेतले फाइदा दिलाउनेछ भने सिर्जनात्मक सीप सिक्ने मौका छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
महत्त्वाकांक्षी कार्य प्रारम्भ हुनेछ। बिछोडिएका आफन्तसँग भेटघाट पनि हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। नजिकको विवादास्पद व्यक्तिले समस्या निम्त्याउन सक्छ। परिस्थितिवश विवादास्पद काममा अग्रसर हुनुपर्नेछ। कूटनीतिक व्यक्तिको फन्दामा परिनाले फजुल खर्च हुनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ला। समय दिन नसक्दा काम अधुरो रहनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। साथीभाइको सहयोगले यात्रा हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएको काम सम्पादन गर्न सकिनेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ। भौतिक साधन जुट्नाले आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। तापनि, काम देखाएर केही फाइदा उठाउन सकिनेछ। शुभचिन्तकहरू जुट्नाले पहिलेको चुनौती समाप्त होला। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी पाइनेछ। गरी आएको कामलाई पनि निरन्तरता दिन सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै फाइदाको संवाहक बन्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। लोकप्रिय कामले समाजमा स्थापित बनाउन सक्छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्