रोकिएको फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार काम हो : ईन्फान्टिनो

कोरोना महामारीका कारण रोकिएको फुटबल सुरु गर्न हतार गर्न नहुने विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी ईन्फान्टिनोले बताएका छन् । उनले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने समेत बताए ।

सुरक्षा नै पहिलो प्राथमिकतामा पर्ने अध्यक्ष ईन्फान्टिनोको भनाई छ । उनले खतरा मोल्नु भन्दा केही समय पर्खनुनै राम्रो हुनेमा जोड दिए ।

कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित भएका छन । यूरो कप र कोपा अमेरिका एक बर्ष पछि धलेकिएको छ । केही देशमा भने फुटबल संचालन भइरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ ।

विश्वभरको अधिकांश क्लबले खेलाडीको तलब कटौती गरेका छन् । विश्वभर फुटबललाई कसरी सुरुवात गर्ने भन्ने बिषयमा छलफल भईरहेको छ । एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्