काठमाडौं, २९ चैत । मुटुमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका छन् ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटरमा ‘गेट वेल सून राजन कमरेड’ लेख्दै भट्टराई बिरामी परेको जनाएका छन् ।
मुटुको भल्भमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरेको बताइएको छ ।