भारतीय टेलिजिन मार्फत नेपालले भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अफवाह

काठमाडौं, २९ चैत । भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले नेपालको सीमामार्फत भारतमा कोरोना फैलाउने षडयन्त्र भएको अफवाह फैलाएका छन् । पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोना संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहित समाचार प्रसारण गरेका हुन् ।

चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो ।

भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए । बिहारका डिजिपी गुप्तेश्वर पाण्डेसँग गरेको कुराकानीमा बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन् ।

यता पर्सा जगरनाथपुर गाउंपालिका अध्यक्ष मियाँले शुक्रबार विज्ञप्ती जारी गर्दै सो समाचार अफवाह मात्र भन्दै आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।

11111111111111


समाचारमा हेर्नुहोस यस्तो भनिएको छ –

https://www.facebook.com/100000848676991/posts/2940243339347260/

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

हाम्राे फेशबुक