कोरोनाको रिपोर्ट नआउँदै बिरामीले गरे आत्महत्या

आत्महत्या

कोरोना भाइरस संक्रमण भएको आशंकामा भारत, तमिलनाडुस्थित अरियालुर जिल्लाको एक सरकारी अस्पतालमा भर्ना भएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

केही समयअघि केरलाबाट फर्किएका ६० वर्षीय बिरामी अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका थिए । केरलाबाट घर फर्किएपछि उनलाई ज्वरो र खोकी सुरु भएपछि उनी अप्रिल ६ मा अस्पताल भर्ना भएका थिए ।

अप्रिल ७ मा कोरोना भाइरस संक्रमण भए-नभएको जाँच गर्न उनको नमूना लिइएको थियो । आफ्नो रिपोर्ट आउनुअघि नै उनले आत्महत्या गरेको अस्पतालले जनाएको छ । तर, आजतकको खबरअनुसार, ‘उनको रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ ।’

अस्पतालमा उनी निकै तनाबमा रहने गरेका थिए । आइसोलेशन वार्डमै उनले आत्महत्या गरेका हुन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरु गरेको छ । आत्महत्याको पछाडि अन्य कारण भए नभएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्