नेताको हत्याको आरोपमा पूर्व सैनिक अधिकारीलाई मृत्युदण्ड

बंगलादेशमा नेताको हत्याको आरोपमा पूर्व सैनिक अधिकारीलाई मृत्युदण्ड दिइएको छ । सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्याको आरोपमा अब्दुल मजेदलाई यसै हप्ता राजधानी ढाकास्थित केरानीजंगको कारागारमा झुण्ड्याएर मृत्युदण्ड दिइएको बीबीसीले जनाएको छ ।

उनलाई रहमानको हत्याको ४५ वर्षपछि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । मजेदलाई पक्राउ गर्नु ऐतिहासिक सफलता भएको गृह मन्त्रालयले जनाएको छ । वर्तमान प्रधानमन्त्री शेख हसिनका बुबा रहमानसहित उनका परिवारका अधिकांश सदस्यहरु सन् १९७५ मा हत्या गरिएको थियो । बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको एक वर्षपछि रहमानको हत्या गरिएको थियो ।

सन् १९९६ मा रहमानकी छोरी हसिना प्रधानमन्त्री भएसँगै आफ्ना बाबुका हत्याराको बचाउका लागि अपिल गर्ने कानुन खारेज गरेकी थिइन । उनले सन् १९९८ मा मस्जेदसहित एक दर्जनभन्दा बढी सैनिक अधिकारीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यसलगत्तै मजेदले सार्वजनिक रुपमा आफूले ती नेताको हत्या गरेको बताएर भारतमा बस्दै आएका थिए । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्