महंगा खेलाडीलाई नियमित तलब खुवाउन जगेडामा रहेका खेलाडीलाई बेच्नुपर्ने बाध्यता

कोरोना भाइरसको महामारीको प्रभाव खेलाडीहरुको ट्रान्सफर बजारमा पनि परेको छ । युरोपमा चर्चित क्लबका महंगा खेलाडीहरुको मूल्यमा भारी गिरावट आउनसक्ने देखिएको छ । इंग्लीश प्रिमियर क्लब चेल्सीले आफ्ना स्टार खेलाडी एन्गोलो कान्टेलाई बेच्न तयार भएको जनाएको छ । तर यसका लागि उचित प्रस्ताव र मुल्य पाउनुपर्ने क्लबको भनाई छ । कुनै समय सय मिलियन पाउण्डको हाराहारीमा मोलमोलाई हुने कान्टेको मुल्यमा अहिले २० प्रतिशतसम्म गिरावट आएको स्रोतले बताएको छ । कान्टेमाथि स्पेनिस क्लब रियाल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले नजर लगाइरहेका छन् ।

उता अर्को इंग्लीश क्लब आर्सनलका स्ट्राईकर पिएरे एमरिक औबामायङ्गले पनि क्लब छाड्ने आशय व्यक्त गरेका छन् । आर्सनलको लगातार खस्कदो प्रदर्शनका कारण आफु अन्य ठुला क्लबहरुमा जान इच्छुक रहेको औबामायङ्गको भनाई छ । गाबोनका स्ट्राईकर औबामायङ्गले आर्सनलका लागि लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

यसैबिीच विश्वभर फुटबल खेलहरु रोकिएपछि बढी खर्च गर्ने ठूला क्लबहरु मारमा परेका छन् । चर्चित र महंगा खेलाडीहरुलाई नियमित तलब खुवाउन जगेडामा रहेका खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा उनीहरु पुगेका छन् । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्