राष्ट्रपति ट्रम्पका नजिकका साथि मानिएका चेराको कोरोनाको संक्रमणका कारण निधन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका साथि मानिएका स्टानली चेराको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । न्यूयोर्कका रियल स्टेट व्यवसायी ७८ वर्षीय चेराको शनिबार निधन भएको दि रियल डिल डटकमले जनाएको छ । यसअघि ह्वाइट हाउसमा भएको कोरोना भाइरस टास्क फोर्सको प्रेस सम्मेलनमा ट्रम्पले चेरालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।

उनका नजिकका तीन साथिलाई उधृत गर्दै द न्यूयोर्क टाइम्सले पनि चेराको कोभिड–१९ कै कारण निधन भएको जनाएको छ । चेराको न्यूयोर्ककै अस्पतालमा उपचार भइरहेको थियो । न्यूयोर्क सिटीका बासिन्दा चेरा शहरमा कोरोना फैलिएपछि मार्चको सुरुमा न्यू जर्सी गएका थिए । तर उनलाई कहाँबाट संक्रमण भएको हो भन्ने पुष्टि भएको छैन ।

ट्रम्पले प्रेस सम्मेलनमा आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको बारम्बार बताएको र ति व्यक्ति चेरा नै भएको दावी न्यूयोर्क टाइम्सले गरेको छ । चेरा डिपार्टमेन्ट स्टोरबाट धन कमाएका ठूला धनाढ्यमा पर्दछन् । ट्रम्पलाई सफल व्यापारी बनाउन उनको ठूलो हात रहेको बताइन्छ । -एजेन्सी

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्