रौतहट, ३० चैत । रौतहटमा कोरोना संक्रमितको आशंकामा क्वारेन्टाइनमा बस्ने शंकास्पद बिरामीको संख्या बढदै गएको छ ।
जिल्लाको कटहरिया, मौलापुर, बौधीमाई,प.गौर,चन्द्रपुर लगायतका स्थानमा रहेको २७ क्वारेन्टाईनहरुमा आइतवार बिहान सम्म दुुईसय ४१ जना शंकास्पद बिरामीको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले बताए ।
भारतलगायत बिभिन्न स्थानबाट आउनेहरुलाई १६ दिन सम्म नियमित क्वारेन्टाइनमा बस्ने ब्यवस्था भएकाले त्यस्ता शंकास्पद बिरामीको संख्या बढेको छ । जिल्लाको बिभिन्न क्वारेन्टाईनमा लगातार २ हप्ता बसेर हालसम्म ३५ जना बिरामी निको भएर घर फर्किसकेका छन् ।