पर्सामा फेरी ३ जना बिरामीमा कोरोना भएको पुष्टी

परीक्षण

रौतहट, ३० चैत । छिमेकी देश भारतसँग सीमा जोडिएको पर्साको नारायणी अस्पतालमा कोरोना भाइरसको शंका गरी आइसोलेशन वार्डमा राखिएमध्ये तीनजना बिरामीमा कोरोना भएको पुष्टी भएको छ ।

हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुलाई शुक्रबार पर्साको वीरगन्ज महानगरपालिका छपकैयास्थित मस्जिदमा लुकेर वसेको अवस्थमा नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललिकुमार बस्नेतले बताए । ’बढी शंकाजनक ठानिएका तीनै जना भारतबाट नेपाल आएर मस्जिदमा लुकेर बसेका भारतीय नागरिक भएको खुलेको छ । तीनैजना भारतीय नागरिक मुस्लीम समुदायको रहेको वताइएको छ ।

ती बिरामीको हाउभाउ पहिलेका बिरामीभन्दा अलि फरक रहेको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाइ छ । स्वास्थ्यकर्मीलाई थुक्ने, यार्डमा पनि जतापायो उतै थुक्ने तँलाई रोग सारिदिऊँ भने जस्ता हर्कत पनि उनीहरुले गर्ने गरेको त्यहाँका स्वास्थ्यकर्मीहरूको भनाइ छ । तर मेसु डा. उपाध्याय र पर्साका कोभिड १९ कमाण्ड पोष्टका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी बस्नेत भने यो विषयमा त्यस्तो नभएको बताउँछने छ ।

किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नमुनालाई रि–कन्फर्मरेशनका काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।

स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्