मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन : रीमा विश्वकर्मा

रीमा विश्वकर्मा

सामाजिक संजालमा अभिनेत्री रीमा विश्वकर्मा चर्चामा छिन् । आफैँले दिएको एक अभिव्यक्तिले उनलाई चर्चामा ल्याएको हो । तर, चर्चा सकरात्मक भने होइन, उनलाई ट्रोल गरिएको छ ।

तीन हप्ता लामो लकडाउनको समयमा विभिन्न सेलिब्रेटीहरुले खानेकुरामा विभिन्न परिकार पकाउन सिक्दा अभिनेत्री रीमा विश्वकर्माले भने कालो चिया उमाल्न जानेकी छन् । केही दिनअघि फेसबुक लाइभमा उनले आफ्ना प्रशंसकको एक जिज्ञासामा आफूले बल्ल कालो चिया पकाउन सिकेकोमा खुसी व्यक्त गरेकी थिइन् । जसकारण अहिले उनी ट्रोलको शिकार बनेकी छन् ।

काम व्यस्तताले भान्सा छिर्ने समय नहुने बताउँदै उनले भनेकी थिइन्, ‘लकडाउनको समयमा कालो चिया बनाउन सिकेँ । मसँग भान्साको काम गर्ने समय हुँदैन । मेरो कामको प्रकृति नै फरक छ । अब बल्ल पकाउन सिक्दैछु ।’ उनको यो कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न खाले टिका टिप्पणी भइरहेका छन् । कतिले उनलाई सहरिया हुनुको परिणाम भनेका छन् ।

आफ्नो नकरात्मक चर्चा देखेपछि रीमाले फेसबुक स्टाटस नै लेख्नु पर्‍यो । उनले आफूले कालो चिया बनाउन सिकेको कुरालाई लिएर धेरै ट्रोल नगर्न आग्रह गर्दै स्टाटस लेखेकी छिन् । उनले लेखेकी छिन्, ‘मैले कालो चिया बनाउन सिकेको हुँ, कालो बम होइन । कृपया यसलाई बम नबनाउनु होला ।’

चलचित्रबाट खासै चर्चा नपाएकी रीमा आफूले बोलेको अभिव्यक्तिका कारण अहिले निकै चर्चामा छिन् । उनको यो कुरामा विभिन्न अभिनेत्रीहरुले समर्थन जनाएका छन् ।

उनको स्टाटसमा केकी अधिकारीले ‘नाइस’ भनेर कमेन्ट गरेकी छन् भने ऋचा शर्माले ‘सिक्नु नै ठूलो कुरा हो’ भन्दै रीमालाई हौसला दिएकी छन् । त्यस्तै, सञ्चिता लुईटेलले भान्साको कुरा सिक्नु ठूलो कुरा रहेको बताएकी छन् । ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाले भने ‘उहिलेको जमाना भएको भए कालो चिया बनाउन नसक्नेको बिहे नै हुँदैनथ्यो’ भन्दै व्यंग्य गरेका छन् ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्