ढुंगाले लागेर एक ब्यक्तिको मृत्यु

मृत्यु

पाँचथर, ३० चैत । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ५ का एक ब्यक्तिको ढुंगाले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षिय नरथपल अहमद रहेका छन् । उनी भारतीय नागरिक भएको जनाइएको छ । अहमद एसएस.कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको नाँखाखोला पुलको काम गर्दे आएको कम्पनीका प्रवन्ध निर्देशक शैलेन्द्र कुरुम्बाङले बताए ।

गएराती सुतिरहेका बेला ढुंगा झेरेर लाग्दा क्याम्पमा सुतिरहेका अहमदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सँगै रहेका उनका एक साथी सामान्य घाईते भएका छन् । क्याम्पमा बसेका दश जनामध्य उनलाई ढुंगाले टाउकोमा चोट लागेको जिल्ला प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा र मौवा प्रहरी चौकी बाट प्रहरी घटनास्थलमा गएको उहाँले बताउनुभयो । सम्भव भए सम्म उनको पोष्टमाटम मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमै गर्ने तयारी गरिएको नभए जिल्ला अस्पताल पाँचथरमा गरिने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्