२०७७ वैशाख १ सोमवारको राशिफल

राशिफल - rasifal

२०७७ वैशाख १ सोमवार
Apr 13, 2020
षष्ठी
नयाँ वर्ष २०७७ प्रारम्भ
मेष संक्रान्ति
बिस्का जात्रा

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। चिताएको कामबाट आंशिक फाइदा उठाउन सकिनेछ। आस मारेको कामले पछिका लागि उत्साह जगाउनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पदासीन व्यक्तिको सहयोग जुट्नेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। भोग–विलासमा मन जाने हुँदा फजुल खर्च बढ्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। उद्योग र व्यापारमा मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने अवसर जुट्नेछ। साँझतिर आस लागेको काम बिग्रनाले सोचेको उपलब्धि प्राप्त नहुन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आए पनि साथसाथै चुनौतीसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। आफन्तको भरपर्दा काममा पछि पारिनेछ। अध्ययनमा पनि धेरै समय दिन नसकिएला। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमजोरी सच्याउन जुट्नुपर्ला। आगन्तुकले अलमल्याउने हुँदा काम रोकिन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। सोख पूरा गर्न सञ्चित रकम खर्च हुनेछ। अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ हुनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि चुनौती पन्छाएर नयाँ काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतको उचित प्रतिफल प्राप्त हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
काममा मिहिनेतको फल प्राप्त हुनेछ। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। रचनात्मक काममा जुट्ने समय छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। रोकिएका काम पुनः सुरु गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। तापनि निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्नो धनमाल सुरक्षामा भने विशेष ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुने देखिन्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले चिताएको काममा विलम्ब हुनेछ। जिम्मेवारी भने बढिरहनेछन्। अरूका काममा जुट्नुपरे पनि सहयोगीहरूको साथ मिल्नाले समस्या सुल्झाउन सकिनेछ। अप्ठ्यारा परिस्थिति आए पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुनेछन् भने सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्