क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई घर पठाइयो

अस्पताल

रौतहट, १ बैशाख । रौतहटको चन्द्रपुर–६ मा क्वारेन्टाइनमा बस्दै आएका ३२ जनालाई घर पठाइएको छ । क्वारेन्टाईनमा राखिएका ५८ जना मध्ये ४६ जनाको स्वाव परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।

उनीहरु १४ दिन भन्दा बढी समयदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । अन्य एकसय १७ जनाको पनि स्वाव परीक्षणका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

रौतहटको विभिन्न २६ स्थानमा ८ सय ३६ वेडको क्वारेन्टाइन र २५ बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

तपाईंको प्रतिकृया जनाउनुहोस् :-

गीत/संगित, कला/साहित्य, खोजमुलक समाचार, स्वास्थ्य, शिक्षा तथा ज्ञानगुनका कुराहरु सबै एकै ठाउँमा पाउनको लागी दियान मिडिया सँग जोडिनुहोस् । फेसबुक Deeyan Media लाइक गर्नुहोला । युट्युबमा DeeYan MediaDeeYan Entertainment सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।

सम्बन्धित खबर

×

ताजा अपडेट छिटाे जानुहाेस्